काठमाण्डौ । कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले प्रमुख डिलर शोरूम काठमाण्डौमा स्थापना गरेको छ ।
एशिया तथा सार्क क्षेत्रमा कम्पनी विस्तार गर्ने क्रममा नेपालमा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरु मुलुकभर बहुस्तरीय शोरुमहरुमा प्रदर्शन गरिएको छ। नयाँ शोरुमले स्थानिय तथा अन्तरराष्ट्रिय व्यवसायमाझ स्टिल्केसको भारत तथा विश्वव्यापी रुपमा उत्पादन गरिएका कार्यक्षेत्रका फर्निचरहरुको पहुँच पुर्याएको पनि कम्पनीले बताएको छ।
उक्त कम्पनीको भारत तथा सार्क देशका लागि प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले आफ्ना डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय भएको उल्लेख गर्दै नेपालमा आएर फ्युजनसँग साझेदारको रूपमा जोडिन पाएकोमा खुसी व्यक्त गरे ।
शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। काठमाण्डौको माइतीघर मण्डलास्थित शोरूममा चेयरहरु, थिंक जेस्चर र पर्सनालिटी प्लससहित वर्कस्टेसनहरू प्रदर्शन गरिएको छ ।फ्युजनका संस्थापक हितेश गोल्छाले नेपालमा काम र कार्यक्षेत्रको भविष्य थप राम्रो बनाउन एक विश्वशक्तिसँग साझेदारी गरेको बताएका छन् ।
सन् १९१२मा स्थापित स्टिलकेस कम्पनी विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी छ। कम्पनीले ३५ भन्दा बढी रचनात्मक र प्राविधिक साझेदारहरुसँगको सहकार्यमा हामीले कार्यालयको लागि उत्कृष्ट फर्निसिंगको डिजाइन तथा उत्पादन गरिरहेको बताएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19