काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले कार्यरत कर्मचारीहरूका लागि ‘अभिभावकीय बिदा बेनिफिट्स’ घोषणा गरेको छ ।

कम्पनीले सन् २०२३ को डिसेम्बरदेखि लागू हुने गरी आमाबाबु (बैंकमा कार्यरत कर्मचारीहरू)हरुले अब कम्तीमा २० हप्ता अर्थात् १४० क्यालेन्डर दिन अभिभावकीय बिदा प्राप्त पाउने छन् ।

कम्पनीले सबै कार्यरत कर्मचारीहरूलाई आफ्ना बालबालिकाको हेरचाह गर्ने जिम्मेवारीमा समान रूपमा सहभागी हुन सक्ने क्षमता प्रदान गराउने उद्देश्यले यस प्रकारको सुविधा ल्याएको बताएको छ ।   

जसअनुसार यसमा मातृत्व, पितृत्व, र धर्मपुत्र बिदा लाभ पर्दछन् जसलाई अभिभावकीय बिदा भनेर पनि चिनिन्छ ।यस्तो सुविधा दिने यो नेपालको पहिलो बैंक हो। 

कम्पनीका मानव संशाधन प्रमुख राजन उदासले बालबालिकालाई परिवारमा स्वागत गर्नु एउटा महत्वपूर्ण अवसर भएको भन्दै बैंकले यस महत्वपूर्ण जीवन घटनामार्फत सहकर्मीहरूलाई सहयोग गर्न चाहेको बताएका छन् ।

साथै उनले यो प्रयासले प्रचलित सामाजिक मान्यताहरूलाई सम्बोधन गर्न मद्दत गर्ने र कर्मचारीहरुमा कार्यबलमा सुधार गर्ने तथा साझा बाल हेरचाह जिम्मेवारी लिन चाहनेहरूलाई विकल्पहरू प्रदान गर्ने पनि बताए।