काठमाण्डौ । नेपालमा जीडब्लूएम सवारी साधनहरूको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले, लक्जरी, सेभिङ साथै अन्य फाइदाहरुका साथ वीन्टर अफर ल्याएको छ । 

यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभ को आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ ।

दि लक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा 
लक्जरी ड्राइभ खोज्नेहरूका लागि जीडब्लूएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन् जसमा ३ लाख रुपैयाँसम्मको फाइदाहरू छन् ।

९.४९ लाख रुपैयाँको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

 गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मको फाइदा
जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लूएमका प्रिमियम एसयूभी हरुमा आकर्षक नगद छूट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो प्याकेजबाट ग्राहकहरूले पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् ।