काठमाण्डौ । सन्देशमुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत् नेपालको बस टिकटिङ्ग सेवाप्रदायक बससेवाबाट टिकट काट्दा १०० जनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ । 

उक्त अफर अन्तरगत नेपालका कुनै पनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली १०० जनाले शतप्रतिशत क्यासब्याक पाउने छन् । यो अफर पुस १६ गतेसम्म सञ्चालन हुने छ ।

योसँगै बससेवाको कुनै पनि गन्तब्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत् प्रयोगकर्ताले सजिलै टिकट काट्न सक्नेछन् । बससेवा र भाइबर बीचमा केही महिना अगाडि मात्र उक्त साझेदारी भएको थियो । 

अफरका बारेमा बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुशी भएको भन्दै अबदेखि भाइबरमार्फत् टिकट काट्दा थप सहजता हुने बताएका छन् । 

उक्त अफरका बिषयमा राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भाइबरका प्रयोगकर्तालाई यस्तो सुविधा दिँदा खुसी लागेको भन्दै बससेवासँगको सहकार्यमार्फत यो क्यासब्याक अफरले नेपालीयात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुने बताएका छन् । बससेवा नेपालको एक मात्र बस टिकटिङ्ग कम्पनी हो ।