काठमाण्डौ । युनिलिभर नेपालको उत्पादक सनसिल्कले आफ्नो ‘सनसिल्क दसैं भाइब्स’ का तीन विजेताको नाम घोषणा गरेको छ।

बुधबार आयोजित कार्यक्रममा कम्पनीले सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई ‘सनसिल्क दसैं भाइब्स’को विजेता घोषणा गरेको हो।

हरेक बिजेताले १ लाख रूपैयाँसहित अर्को वर्षको उत्पादन हुने सनसिल्कको प्याकमा देखिनेछन्। साथै उनीहरूले ‘सनसिल्क ग्याङ अफ गर्ल्स’ को हिस्सा हुने अवसर पाउने कम्पनीले बताएको छ।

दसैंको समयमा कम्पनीले ल्याएको यो प्रतियोगितामा ४ हजार ४८५ जना सहभागी भएका थिए।

टिकटकमा सञ्चालन गरिएको प्रतियोगिताले कुल १७४ मिलियन भ्यूज पाएको पनि कम्पनीले बताएको छ।

तीन बिजेता अब कम्पनीका दुई ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मा खतिवडासँगै उभिएर ‘सनसिल्क ग्याङ अफ गर्ल्स’मा सहभागी हुनेछन्।

‘सनसिल्क ग्याङ अफ गर्ल्स’ देशभरका धेरै युवतीहरूबीच सौन्दर्य र आत्मविश्वास बढाउनका लागि कम्पनीले ल्याएको थिम हो।