काठमाण्डौ । माछापुच्छ्रे  बैंक भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस- २०२३ बाट सम्मानित भएको छ ।

भिसा इन्टरनेसनलद्वारा हालै काठमाण्डौमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा कम्पनीलाई उक्त दुई अवार्डहरु प्रदान गरिएको हो । 
कम्पनीलाई भिसा सदस्यमध्ये एशोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवर्द्धनमा उत्कृष्ट भएकाले उक्त अवार्ड प्रदान गरिएको थियो ।

कम्पनीले नगदरहित बैंकिङलाई बढावा दिंदै पहिलो स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको बताएको छ।

कम्पनीले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत् १५ लाखभन्दा बढी ग्राहकवहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।