काठमाण्डौ । माछापुच्छ्रे  बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । 
स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो । 

 

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरुका बारेमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी होटल व्यवसायी तथा अन्य व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।
 

नगदको विकल्पमा नयाँ र प्रयोग गर्न अति नै सहज मानिएको क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे सहभागीलाई अवगत गराइएको कम्पनीले बताएको छ । 
 

अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा छन्।