काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेशियाको एशिया प्यासिफिक युनिभर्सिटी उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिशियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो ।

सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेशियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिए  ।

सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

एशिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेशियाकै सबैभन्दा ठूलो र विश्वको १६ औं नम्बरमा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ ।

एशिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेशन फाउण्डेशनले लामो समय देखि सहकार्य गर्दै आएको छ ।

सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले एशिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधी विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।

स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेशनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ । फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको उनले बताए ।

फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको पनि बताएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेशियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाइ छ ।