काठमाण्डौ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल चेम्बर एक्स्पो २०७४ सुरु हुने भएको छ । 

नेपाल चेम्वर अफ कमर्सले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी एक्स्पोको बिषयमा जानकारी गराएको हो । 
एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । 

पत्रकार सम्मेलनमा चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले तेश्रो संस्करणको रुपमा मेला हुन लागेको जानकारी दिए । 

यसपटक प्रस्तुत मेलामा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी हुने बताइएको छ । 

एक्स्पोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ । मेलामा कुल दुई सय २५ वटा स्टलहरु रहनेछन् ।

पत्रकार सम्मेलनमा नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी दिए ।

पाँंच दिनसम्म चल्ने मेलामा तीनलाख भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।