काठमाण्डौ । मतगणनाको प्रारम्भिक नतिजा धमाधम आउन थालेको छ । 

एमाले सचिव योगेश भट्टराई आफ्ना निकटतम प्रतिदन्दी भन्दा दोब्बर मतले अगाडि बढेका छन् । ताप्लेजुङको २ हजार २ सय ४३ मत गन्दा भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन् । उनलाई कांग्रेसका केशवप्रसाद दाहालले ६९३ मतले पछ्याइरहेका छन् । 

मुस्ताङमा एमालेका एम्मेद्वार प्रेमप्रसाद तुलाचनले २७१ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका रोमी गौचन थकालीले २५४ मतले पछ्याइरहेका छन् ।

दार्चुलाको प्रेदश सभातिरको पहिलो मतपरिणाम समेत सार्वजनिक भएको छ । प्रदेशसभा क मा एमाले उम्मेद्वार ३५९ मत ल्याएका छन् भने कांग्रेस उम्मेद्वारले ३६३ मत ल्याएका छन् । प्रदेशसभा ख तर्फ माओवादीले ३५९ मत ल्याएको छ भने कांग्रेसले ३०६ मत ल्याएको छ । 

सिन्धुुपाल्चोक १ को सुरुवाती परिणाम अनुसार माओवादी नेता अग्नी सापकोटाले फराकिलो अग्रता लिएका छन् । उनले ७३५ मत ल्याएका छन् भने उनलाई कांग्रेसका मोहन बस्नेतले ३३५ मतले पछ्याइरहेका छन् ।