काठमाण्डौ । मतगणना जारी रहेका अधिकांश ठाउँमा पछाडि परेको कांग्रेस रसुवामा भने अगाडि बढेको छ । 

जिल्लामा हालसम्म १ हजार २ सय ४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्यले ७२१ मतसहित अग्रता लिएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट एमालेका जनार्दन ढकालले ४४८ मतले पछ्याइरहेका छन् । 

उता, बाजुरामा कांग्रेस र एमालेका उम्मेद्वारको टक्कर देखिएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा काँग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् ।