म्याग्दी । एमालेले जितको लहरमा प्रदेशसभातर्फ अर्को एउटा सिट जितेको छ । म्याग्दीको प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार नरदेवी पुनमगरले जित हासिल गरेकी हुन् ।

मगरले १० हजार ८ सय ६८ मतका साथ जितको झण्डा फहर्याइन भने कांग्रेसका उम्मेद्वार अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत ल्याए । यसरी ३ हजार बढी मत अन्तरले एमालेले यहाँ जित हासिल गरेको हो । 

प्रदेश नम्बर १ मा समेत बाम गठबन्धनकै उम्मेद्वारको अग्रता छ । पछिल्लो मतपरिणाम अनुसार यहाँ माओवादीका उम्मेदवारले ९ हजार ९ सय ६३ ल्याएका छन् भने राप्रमा उम्मेदवारले ९ हजार ५ सय ४७ मत ल्याएका छन्।

प्रतिनिधिसभामा पनि यहाँ एमाले उम्मेदवारले नै अग्रता लिइरहेका छन् । एमालेका भूपेन्द्र थापाले १५ हजार ९ सय ८० मत ल्याइसकेका छन् । उनलाई कांग्रेसका खम्भीर गर्बुजाले १४ हजार ८३ मतले पछ्याइरहेका छन् ।