काठमाण्डौ । भूकम्पपीडितलाई वितरणका लागि दाताबाट उपलब्ध जस्तापास्ता घोटाला प्रकरणमा मुछिएका पूर्व अर्थमन्त्री डा. रामशरण महत ८८९ मतले पछाडि परेका छन् । 

नुवाकोटबाट चुनाव लडेका उनी प्रारम्भिक मतगणनामा अगाडि देखिए पनि त्यसपछि भने निरन्तर पछाडि परिरहेका छन् । 

पछिल्लो अपडेट अनुसार डा. महतले ४२१० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनका उम्मेद्वार हितमान तामाङले ५०९९ मतले टपिरहेका छन् । मतगणना जारी छ ।