काठमाण्डौ । आफूलाई सम्बन्धित प्रदेशको मुख्यमन्त्री दाबी गर्दै प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उठेका एमालेका दुुई नेताले फराकिलो मतअन्तरले अग्रता लिएका छन् । 

आफूलाई प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीको रुपमा दाबी गरी भोजपुरको प्रदेशसभा ख बाट उम्मेद्वारी दिएका एमाले नेता शेरधन राईले निकै फराकिलो मत अन्तरले अग्रता लिएका छन् ।

उनले ९ हजार ९ सय ८२ मत ल्याएका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्की ३ हजार ३ सय ६१ म्तमा सीमित छन् । शेरधनको जितको संभावना अधिक रहेको यो मतान्तरले समेत प्रष्ट पार्छ । 

उता, ५ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने भन्दै दाङको प्रदेशसभा १ बाट उम्मेद्वार बनेका एमाले सचिव शंकर पोखरेलले समेत सुरुवाती अग्रता लिएका छन् । उनले १६९६ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेद्वार कमलकिशोर घिमिरेले ९९३ मतले पछ्याइरहेका छन् ।

यस्तै, दाङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा माओवादी नेता कृष्णबहादुर महराले पनि सुरुवाती अग्रता लिएका छन् । यो क्षेत्रको २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ मतका साथ पछ्याइरहेका छन् ।