काठमाण्डौ । देउवा सरकारको पालामा दरबारमार्गका व्यापारीहरुको कालोबजारीको कर्तुत सार्वजनिक गर्ने तथा आयल निगमको जग्गा घोटाला प्रकरणमा सकारात्मक भूमिका खेल्ने जस पाएका तत्कालीन मन्त्री शिवकुमार मण्डलले शानदार जित हासिल गरेका छन् । 

मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । 

उनले २२ हजार ९ सय ४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्व जिल्ला सभापति अमृत अर्यालले १९ हजार ९ सय ५३ मत प्राप्त गरे भने तेश्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत पाए ।