काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनापछि काठमाण्डौमा समानुपातिकतर्फ खसेको मतको गणना थालिएको छ । समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक नतिजा समेत प्राप्त भएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डौमा लोकप्रिय मत ल्याउनेमा कांग्रेस अगाडि देखिएको छ । नयाँ शक्तिको रुपमा धेरै युवाहरुलाई प्रभावित बनाउन सफल विवेकशील साझा पार्टीले दोश्रो बढी मत ल्याएको छ भने प्रत्यक्षतर्फको अधिकांश सिटमा जित हासिल गरेको एमालेले समानुपातिकतर्फ भने तेश्रो मत ल्याएको छ । 

निर्वाचन आयोगका अनुसार काठमाण्डौको ४ हजार ३६१ मत गनिसक्दा कांग्रेसले ३१ प्रतिशत मत ल्याएको छ । विवेकशील साझाले २६ प्रतिशत मत ल्याएको छ भने एमालेले २५.४ प्रतिशत मत ल्याएको छ । कांग्रेस, विवेकशील र एमालेबीच लोकप्रिय मतमा टक्कर हुँदा माओवादीले भने ४.७ प्रतिशत मत मात्र प्राप्त गरेको छ । 

मतगणना जारी छ ।