-कास्कीको मादी गाउँपालिका वडानम्बर १ मा एमालेका उम्मेदवार सुरज गुरूङ प्यानलसहित विजयी भएका छन् । उनले ६१२ मत प्राप्त गरेका हुन् । कांग्रेस उम्मेद्वारले भने ४ सय ५९ मतमै चित्त बुझाउनुपर्यो । 

-हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । उनले प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराएका हुन् । 

-ललितपुर जिल्लाको महाकांल गाउँपालिकाको वडानम्बर ६ मा वडाअध्यक्षमा एमालेका उम्मेद्वार रामकृष्ण आचार्य विजयी भएका छन् । उनले ३ सय ६१ मत ल्याए भने नेपाली कांग्रेसका बाबुुलाल श्रेष्ठले २ सय ७३ मत मात्र प्राप्त गरे । सो वडाबाट चारै वडासदस्यमा पनि एमालेले नै बाजी मारेको छ । 

-नवलपरासीका ४ वटा नगरपालिकामा एमालेले अग्रता लिएको छ ।  प्रदेश नंम्बर ४ मा  पर्ने नवलपरासीको गैंडाकोट, देबचुली, कावासोती  र मध्यबिन्दु  नगरपालिकामा सुरु भएको मतगणनामा एमालेले अग्रता लिएको हो । बिनयी त्रिवेणी गांउपालिकामा चाहि कांग्रेस अगाडि छ ।

-नेपाली कांग्रेसका उम्मेद्वारहरुले नुवाकोटमा अग्रता लिएका छन् । जिल्लाका विदुर नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेद्वार ध्रुुव अधिकारीले १ सय ७ मत ल्याउँदा एमालेका सञ्जुु पण्डितले १ सय ५ मत ल्याएका छन् । उपमेयरमा समेत कांग्रेसकै अग्रता छ । यस्तै, तादी गाउँपालिकामा पनि कांग्रेसकै अग्रता छ । शिवपुरी गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

-सल्यानमा राति १२ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रका उम्मेद्वार अगाडि छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका र छत्रेस्वरी गाउपालिकामा मतगणना जारी छ । दार्मा गाउँपालिकामा अहिलेसम्म ३ सय मतगणना गरिएकोमा १ सय ५८ ल्याएर माओबादी केन्द्र अग्रस्थानमा रहेको छ भने कांग्रेसले १ सय मत ल्याएर दोश्रो स्थानमा छ , यसैगरी राप्रपाले १ र मालेले १ मत ल्याएका छन । मतगणना भएका शारदा नगरपालिका र कपुरकोट गाउँपालिकाको पहिलो परिणाम आधा घण्टा भित्रमा आउने बताइएको छ । 

-जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । पहिलो चरणमा ११२ मतगणना भएको छ, जसमा नेपाली कांग्रेस प्रमुखका उम्मेदवार कान्तिका सेजुवालले ६६, उपप्रमुख जगतबहादुर खत्रीले ५३ मत पाएका छन् । 

-काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वारले अग्रता लिएका छन् । एमालेका लक्ष्मीसिंह बादेले १ सय ३७ मत प्राप्त गर्दा कांग्रेसका राम जोशीले १ सय ९ मत प्राप्त गरेका छन् । 

-धादिङको थाक्रे गाउँपालिका प्रमुखमा माओवादी कांग्रेस गठबन्धनका संयुक्त उम्मेद्वार जिन्दगी थापा ४ सय ८५ मतसहित अगाडि छन् । तर उनलाई एमालेका उम्मेद्वार रामकुमार आचार्यले ४ सय ५५ मतसहित कडा टक्कर दिइरहेका छन् । 

-उता, धादिङको धुनीबेसी नगरपालिकामा एमालेले लिड गरेको छ । एमाले मेयरका उम्मेद्वारले १ सय २५ मत प्राप्त गर्दा माओवादी केन्द्रले ६९ र कांग्रेसले ५१ मत प्राप्त गरेका छन् । 

-जाजरकोटको शिवालय गाउँपालिका वडानम्बर १ मा नेकपा माओवादी केन्द्रका मानबहादुर पुनको प्यानल नै विजयी भएको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार कृष्णप्रसाद गिरीले अग्रता लिएका छन् । गिरीले १ सय ८ मत प्राप्त गर्दा कांग्रेसका भूपेन्द्रबहादुर चन्दले ५७ र एमालेका यज्ञ ढकालले ४९ मत मात्र प्राप्त गरेका छन् । 

-बाग्लुङको ढोरपाटन नगरपालिकामा एमालेले अग्रता लिएको छ । मेयर पदमा एमालेका देवकुमार नेपालीले २ सय ३ मत प्राप्त गरेका छन् । कांग्रेसका अर्जुन शेरचनले १ सय ७६ र राजमोका गौरिश्वर पाण्डेले ४८ मत प्राप्त गरेका छन् । 

-थाहा नगरपालिकाको प्रारम्भिक मत परिणाममा पनि एमाले नै अगाडि देखिएको छ । यहाँ एमालेका मेयर पदका उम्मेद्वार विष्णुप्रसाद ढकालले ३ सय १७ मत प्राप्त गरेका छन् भने माओवादीका लबसेर बिष्टले २ सय ५९ मत प्राप्त गरेका छन् ।