काठमाण्डौ । नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुनः गौरव शारदा निर्विरोध निर्वाचित भएका छन्।
संघको १३ औँ वार्षिक साधारणसभाबाट निवर्तमान अध्यक्ष शारदा पुनः आगामी २ वर्षका लागि निर्विरोध अध्यक्षमा चयन भएका हुन्।
यसैगरी संघको उपाध्यक्षमा वीरेन्द्रकुमार संघाई, महासचिवमा नारायणदत्त तिमल्सिना र कोषाध्यक्षमा प्रह्लाद तिमल्सिना चयन भएका छन्। संघका सदस्यमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन्।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाई लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरुलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेकोबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसैगरी संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19