काठमाण्डौ । गोरखा मिडिया नेटवर्कका तत्कालिन सञ्चालक रवि लामिछाने र अध्यक्ष जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ ।

दुवै जनाविरुद्ध सहकारी ठगी प्रकरणमा आवश्यक छानबिन र कारबाहीको माग युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

उनले सहकारीबाट कर्जा प्रवाह हुँदा भएका सम्झौता,कागजात र प्रतिलिपी वा सक्कल कागजात झिकाई आवश्यक अनुसन्धान गर्न माग गरेका छन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, युवराज सफलले दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।