काठमाण्डौ । सरकारले निर्माण व्यवसायीको लामो समयदेखि राकिएको बक्यौता रकम भुक्तानीको प्रक्रिया सुरु अघि बढाएको छ । 

प्रधानमन्त्री पुष्प कमल दाहालको निर्देशनमा अर्थमन्त्रालयले निर्माण व्यवसायीको भुक्तानी हुन बाँकी अर्बौ रकम भुक्तानी प्रक्रिया अघि बढाएको हो । यसका लागि अर्थमन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई २ अर्ब रुपैयाँ निकासा गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता निर्माण व्यवसायीको बक्यौता रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए । 
निर्माण व्यवसायीलाई सरकारले ४० अर्ब रुपैया भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायी महासंघले जनाएको छ । भुक्तानी रकम निकासाको माग राख्दै निर्माण व्यवसायीहरु लामो समयदेखि आन्दोलनरत छन् । 

यस अघिको सरकारले बजेट नछुट्टाई स्रोत सुनिश्चितता मात्रै गरेर अघि बढाएका आयोजनाको भुक्तानी हुन बाँकी छ ।