काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

कम्पनीका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा गैंडाकोट, नवलपरासीमा सभा सम्पन्न भएको हो ।  

उक्त सभामा  आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखारीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित भएको छ ।

सभाबाट सर्वसाधारण सेयरधनीतर्फ प्रभा खनाल र मुकुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।