काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले आज संविधानको धारा ११४ (१) अनुसार पहिलो संशोधन अध्यादेश जारी गरेका हुन्।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले फागुनमै संसदमा प्रि बजेट छलफल गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।
अध्यादेशमा बजेटको कार्यतालिका हेरफेर गरिएको छ । अध्यादेशका अनुसार अब विनियोजन विधेकका सिद्धान्त र प्राथमिकता फागुन महिनाभित्रै संघिय संसदमा पेश गरिनेछ । असअघि बजेट सार्वजनिक गर्नु १५ दिनअघि सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था थियो । तर अब नयाँ व्यवस्था अनुसार सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्र पेश गर्नु पर्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19