काठमाण्डौ। अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ।

अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र संघका अध्यक्ष रामेश्वर पराजुलीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यो सम्झौतासँगै अब संघसँग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुलाई अजोडले बीमा सेवा उपलब्ध गराउनेछ।