काठमाण्डौ । अजोड इन्स्योरेन्सले विभिन्न तालिमहरु सम्पन्न गरेको छ।

कम्पनीले प्रधान कार्यालय, शाखा तथा उपशाखामा कार्यरतका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इनहाउस मार्केटिङ ट्रेनिङ प्रदान गरेको छ। त्यस्तै भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिमहरु पनि सम्पन्न गरेको छ। 

सहायक महाप्रबन्धक अनिलकुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्धारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिका र बीमाका विभिन्न पोर्टफोलियोका बारेमा प्रशिक्षण प्रदान गरेका थिए। 

आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिममा २५ जना अभिकर्ताको सहभागिता थियो। ती तालिमहरुको संयोजन अर्यालले गरेका थिए। तालिमहरुमा सहजिकरणको कार्य केन्द्रीय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन्।