 
                     
                                
                             
                                    काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ।
आईपीओ बाँडफाँड सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा दिउँसो ३ बजे हुनेछ। कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँबराबरको आईपीओ गत असार २५ गतेदेखि असार २९ गतेसम्म बिक्री खुलाएको थियो।
कम्पनीले निष्कासन गरेको कुल ३० लाख कित्ता आईपीओमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी रहने २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाइएको थियो।
आईपीओमा ४ लाख ८४ हजार ४९८ योग्य आवेदनमार्फत १ करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर खरिद माग भएको एनआईबीएल एस क्यापिटलले जनाएको छ। तीमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी २ लाख ११ हजार ४९८ आवेदक खाली हात फर्किनुपर्ने हुन्छ।
प्रत्याभुतकर्ता ग्लोबल आईएमई क्यापिटल तथा कुमारी क्यापिटल रहेका यो आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यो रेटिङले यो कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ।
आईपीओ बिक्रीपछि यो कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनी चुक्तापुँजी हाल ७० करोड रुपैयाँ रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19