काठमाण्डौ । कारोबार समयमै थुप्रै ब्रोकर हाउसका टीएमएसमा नचलेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको कारोबार समय बढाउने तयारी गरेको छ। 

बजार खुलेको करिब १ घन्टापछि नै थुप्रै ब्रोकर हाउसका टीएमएसमा समस्या आएको छ। जसका कारण लाखौँ लगानीकर्ता सेयर कारोबार गर्नबाट वञ्चित भएका छन्। 

वाइकोका प्रमुख दीपेश प्रधानले पनि डाटा सेन्टरमा समस्या आएका कारण टीएमएम नचलेको स्वीकारेका छन्। उनले समस्या समाधानको प्रयास भइरहेको बताए। 

नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले अहिले ३० वटा ब्रोकर हाउसका टीएमएस नचलेको बताए। ‘अहिले धेरै लगानीकर्ता कारोबार गर्न सकिरहनुभएको छैन’, उनले भने, ‘त्यसैले कारोबार केही समयका लागि रोकेर, समय थप्ने तयारी गरिरहेका छौँ। 

यही विषयमा अहिले आफूहरु छलफल गरी रहेको कार्कीले बताए।