– अर्जुन तिमिल्सिना
काठमाण्डौ । दोस्रो बजारमा अझै १ अर्ब ३१ करोड कित्ता सेयर अभौतिकीकरण (डिम्याट) हुन बाँकी रहेको छ।
हाल दोस्रो बजारमा २३४ कम्पनीहरु सूचीकृत छन्। तीमध्ये केही कम्पनीका सेयर अझै डिम्याट हुन बाँकी रहेको सीडीएससीले जनाएको छ।
सीडीएससीको तथ्यांकअनुसार हाल दोस्रो बजारमा कुल १० अर्ब ९८ करोड ३४ लाख ८ हजार ९८७ कित्ता सूचीकृत छन्। तीमध्ये ९ अर्ब ६७ करोड ४४ लाख ४५ हजार ८५१ कित्ता सेयर डिम्याट भएका छन् भने १२ प्रतिशत अर्थात १ अर्ब ३१ करोड कित्ता सेयर डिम्याट हुन बाँकी रहेको छ।
सीडीएससीले कारोबार सहजताका लागि २०६९ साल साउन १ गतेबाट सेयर डिम्याट गर्ने क्रम सुरु गरिएको थियो । २०७३ साल माघ २ गतेबाट भने अनिवार्य रुपमा डिम्याट भएका सेयरमात्रै दोस्रो बजारमा कारोबार हुने व्यवस्था सीडीएससी गरेको थियो।
सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले कृषि विकास बैंकजस्ता सरकारी लगानीका बैंक तथा कम्पनीहरु र पुराना जलविद्युत कम्पनी चिलिमे हाइड्रोजस्ता कम्पनीको सेयर डिम्याट हुन बाँकी रहेको बताए। ‘कृषि विकास बैंकको अझै पनि ४० प्रतिशत सेयर डिम्याट हुन बाँकी छ’, उनले भने।
धेरैजस्तो दूरदराजमा रहेका लगानीकर्ताहरुले सेयर डिम्याट गर्न नआउँदा र बैंकले पनि कुनै पहल नगर्दा सेयर डिम्याट हुन बाँकी रहेको आचार्यको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago