काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर आजबाट धितोपत्र बजारमा खुलेको छ।
स्पेसल प्रि–ओपसन सत्रमा जमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँ तोकेको छ। प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ।
नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।
यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। कुनै पनि कम्पनीको साधारणस सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्छ। सोहीबमोजिम यो कम्पनीको सेयर पनि आज सोमबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ९ लाख ७४ हजार ९४० कित्ता (८० प्रतिशत) र सर्वसाधारण समूह (आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषसहित)को २ लाख ४६ हजार ७३५ कित्ता सेयर (२० प्रतिशत) रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19