काठामाडौँ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको विवरण प्रकाशन गर्दासम्म अधिकांश लघुवित्त कम्पनीको नाफामा पहिरो गइरहेका बेला फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स कम्पनीले केही सकारात्मक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा सानो अन्तरको गिरावट आएपनि सञ्चालन मुनाफा केही बलियो रुपमा प्रस्तुत हुँदा नाफा आर्जन गर्न सकेको वित्तीय विवरण पस्केको हो । माइक्रोफाइनान्सले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षका तुनलामा यस वर्षको पहलो नौ महिनको अवधिमा ४ दशमलव १३ प्रतिशतले थप नाफा आर्जन गरेको छ । कम्पनीले गत वर्ष २० करोड ४६ लाख खुद नाफा आर्जन गरेकोमा यस वर्ष २१ करोड ३१ लाख पुर्याएको छ । 

गत वर्षका तुलनामा यस वर्ष सञ्चालन मुनाफामा भने कम्पनीले राम्रो प्रगति गरेको मान्नुपर्छ । अन्य माइक्रोफाइनान्स कम्पनीमा यही सूचकमो पहिरो गइरहेको अवस्थामा फरवार्डले भने ११ प्रतिशत सञ्चालन मुनाफा वृद्धि  गर्न सकेको हो । गत वर्ष २९ करोेड ९८ लाख सञ्चालन मूनाफा आर्जन गरेको वित्तीय संस्थाले यस वर्ष ३३ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ ।


खुद सञ्चालन मुनाफामा राम्रो प्रदर्शन गरे पनि कम्पनीको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । गत वर्ष ४८ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष ४६ करोड ३१ लाखमा मात्र सीमित भएको छ । यो गत वर्षका भन्दा करीव ५ दशमलव १ प्रतिशतले कम हो ।


समीक्षा अवधिसम्म संस्थाले ७ अर्ब २१ करोड ७२ लाख कर्जा परिचालन गरेको छ भने २ अर्ब ९७ करोड ३७ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः १९ दशमलव ३ र २३ दशमलव ९५ प्रतिशतले वृद्धि गरेको हो ।  

गत वर्ष शून्य दशमलव २९ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष अझ वृद्धि भई शून्य दशमलव ७१ प्रतिशतमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको स्वास्थ्यमा नकारात्मका मानिने यो सूचकमा भने कम्पनीले १ सय ४५ प्रतिशतको भारी भारी वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्थामा खराब कर्जा अनुपात जतिसक्दो कम भएको राम्रो मानिन्छ ।


कम्पनीको प्रतिशेयर आम्दानी ९४ दशमलव ६७ रुपैयामा झरेको छ । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १ सय ३६ दशमलव ४५ रुपैयाँ रहेको थियो । प्रतिशेयर नेटवर्थ ३ सय २३ दशमलव ४१ रुपैया कायम भएको कम्पनीको मूल्य आम्दानी अुनपात १९ दशमलव ८ छ ।


गत वर्ष २० करोड चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँमा उल्लेख्य वृद्धि गरी ३० करोड नघाएको छ । चुक्ता पूजी ५० प्रतिशत वृद्धि गरेकाले कम्पनीको प्रतिशेयर आम्दानीमा कमी आएको हो । कम्पनीको जगेडा कोषमा ६७ करोड ५ लाख रुपैयाँ रहेको छ ।