-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले अनलाइन कारोबारका लागि आवश्यक युजर नेम र पासवर्ड सहज रुपमा वितरण नभएपछि उजुरी सुन्ने व्यवस्था गरेको २४ घण्टा पनि नबित्दै ५ ब्रोकरविरुद्ध लगानीकर्ताले उजुरी दिएका छन् ।
नेप्सेले बुधबार दिउँसो अनलाइनको लगइन सहज रुपमा वितरण नभएको गुनासाहरु आएका भन्दै यो कार्यमा असहयोग गर्ने ब्रोकरविरुद्ध उजुरी गर्न लगानीकर्ताहरुमा आह्वान गरेको थियो ।
नेप्सेको आह्वानपछि अनलाइनको लगइन दिन असहयोग गर्ने ब्रोकर कम्पनीहरुविरुद्ध धमाधम उजुरी आउन थालेको नेप्सेस्थित स्रोतले जनाएको छ ।
बिहीबारसम्म ब्रोकर नम्बर ५४ सेवा सेक्युरिटीज प्रा.लि., ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीज प्रा.लि., ब्रोकर नम्बर ४२ सनि सेक्युरिटीज कम्पनी लिमिटेड, ब्रोकर नम्बर २६ एसियन सेक्युरिटीज प्रा.लि.र ब्रोकर नम्बर ५६ श्रीहरि सेक्युरिटीज प्रा.लि.विरुद्ध लगानीकर्ताहरुले नेप्सेस्थित गुनासो डेक्समा उजुरी गरेका हुन् ।
लगानीकर्ताहरुले आफूहरुले कारोबार गर्दै आएका ब्रोकर कम्पनीहरुले अनेक बाहानाबाजी गरेर आफूहरुलाई अनलाइन कारोबार प्रणालीको लगइन सहजै नदिएको उजुरीमा दाबी समेत गरेका छन् ।
नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टम(नट्स) प्रविधिमा नेप्सेले सम्पूर्ण लगानीकर्ताहरुलाई निःशुल्क अनलाइन लगइन प्रदान गरिरहेको सन्दर्भमा समेत लगानीकर्ताहरुले सदस्य दलाल व्यवसायीहरुबाट लगइन सहज तरिकाले पाउन नसकेको भन्ने विषयमा हिजो गम्भीर ध्यानाकर्षण जनाउँदै सबै ब्रोकरहरुलाई सर्कुलर पठाएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19