काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीमार्फत झण्डै ९० प्रतिशत अनलाइनमार्फत कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार हालसम्म अनलाइनमार्फत कारोबार गर्नका लागि १ लाख ७५ हजारभन्दा बढीले युजर नेम र पासवर्ड लिएका र आज सम्पन्न कारोबारमध्ये ८६.२४ प्रतिशत अनलाइनमार्फत कारोबार भएको हो ।

नेप्सेले उपलब्ध गराएको नयाँ आधुनिक प्रविधिले कोभिड १९ को विषम परिस्थितिलाई समेत चूनौती दिँदै सेयर खरिदबापतको भुक्तानी तथा सेयर हस्तान्तरण समेत विद्युतीय माध्यमबाटै हुन थालेपछि बजारको आकार क्रमिक रुपमा बढ्दै गएको छ ।

बजार पूँजीकरण २३ खर्ब ८२ अर्ब रुपैयाँ बढी पुगेको , सेयर कारोबार सख्या समेत १ लाख ४० हजार बढी पुगेको र कारोबार रकम ६ अर्ब ११ करोड रुपैयाँ नाघेर आजै ३ सर्वाधिक रेकर्ड कायम गरेको छ ।