काठमाण्डौ । नेप्सेको अनलाइन ट्रेडिङमा बैंक इन्टीग्रेसनका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आइतबार होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच छलफल गरेको छ । 

कार्यक्रम दिउँसो ३ः३० बजेदेखि ५ः३० सम्म संचालन भएको थियो । 

एनसीएचएलले आयोजना गरेको कार्यक्रममा नेप्से प्रमुख चन्द्रसिह साउद र आइटीका प्रभाकर घिमिरे, ५० जना ब्रोकर, ४ वटा  सेटलमेन्ट बैंक र एनसीएचएलका अधिकारीहरुले अनलाइन ट्रेडिङका लागि बैंकसँग कसरी एप्रोच गर्ने र अहिलेसम्मको अपडेटका विषयमा जानकारी दिएको एनसीएचएलका सीइओ निलेशमानसिंह प्रधानले जानकारी दिए । 

दुई हप्ताभित्रै बैंक इन्टीग्रेसन गर्न लागेको एनसीएचएलले २ वटा फेज, एउटा खरिद र त्यसपछि बिक्रीमा सिस्टमसँग कनेक्ट गर्न लागेको प्रधानले बताए । 

अभिमुखीकरण कार्यक्रममा सहभागी स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटका अनुसार अनलाइन कारोबारसँग बैंक इन्टीग्रेसनकै विषयमा जानकारी आदानप्रदान भएको हो ।

सेयर खरिदबिक्रीमा बैंक इन्टीग्रेसन भएपछि पैसा कसरी  आउने र पठाउने भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम केन्द्रित भएको अध्यक्ष रानाभाटको भनाई छ । 

चारवटा क्लियरिङ्ग बैंकबाहेक एनसीएचएलको कनेक्ट आइपीएसमा आबद्ध ५० वटै बैंक तथा वितीय संस्थालाई कारोबार राफसाफमा समाहित गरिने बारेमा जानकारी दिलाउने हेतूले कार्यक्रम आयोजना भएको उपस्थित अर्का एक ब्रोकरले बताए ।