काठमाण्डौ । आगामी साउनदेखि धितोपत्र कारोबार अनलाइन कारोबार प्रणालीबाट हुने भएपछि यसमा आबद्धताका लागि युुजर आइडी र पासवर्ड लिन शुल्क तिर्नुपर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले एक सूचना जारी गर्दै २०७७ साउनदेखि नियमानुुसार तोकिएको शुुल्क तिरेर मात्र ग्राहकले पासवर्ड र युुजर आइडी पाउने प्रष्ट्याएको हो ।
तर, आगामी असार मसान्तसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताहरुसँग पासवर्ड र युुजर आइडी प्राप्त गर्न ग्राहकसँग कुुुनै शुल्क नलिने नेप्सेको भनाइ छ ।
नेप्सेका प्रवक्ता मुुराहरि पराजुुलीलाई तोकिएको शुुल्कबारे जिज्ञासा राख्दा अहिलेसम्म निश्चित नभइसकेको र पछि नै निश्चित हुने बताए ।
साउनदेखि अनलाइन कारोबार गर्न लाग्ने शुुल्क बैंकहरुकै अनलाइन शुुल्क बराबर रु. ५०० देखि १००० हुनसक्ने स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटको अनुमान छ ।
अनलाइन कारोबार प्रणालीमा अन्य फिचर तथा सेवा थप गरी यसअघि नै शुुल्क लिइने बारे निर्णय भइसकेको जिकिर गर्दै आगामी साउनबाट चाहिँ न्यूूनतम शुुल्क लिइने बताए ।
पछिल्लो समय अनलाइन कारोबार प्रणालीमा आवद्ध भई सेयर कारोबार गर्दा युजर आइडी र पासवर्ड लिँदा ब्रोकरलाई कुुनै शुुल्क तिनुुपर्दैन ।
यसैबीच, अनलाइन कारोबार प्रणालीमा आवद्ध हुुँदा लिमिट वा अग्रिम धितोका रुपमा २५ प्रतिशत रकम राख्नुुपर्ने प्रावधानमा थप कडाइ गरिएको छ । यसअघि लगानीकर्तासँगको सम्बन्ध र विश्वसनीयतामा स्टक ब्रोकरहरुले लिमिट सेवा दिइरहेकोमा अहिले भने २५ प्रतिशत रकम धरौटी नबुुझाउनेको बाहेक सबैको लिमिट शूून्य बनाइएको ब्रोकरहरुको भनाइ छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago