काठमाण्डौ । रिले अनसन बस्ने क्रममा मंगलबार बिहान पक्राउ परेका लगानीकर्ता केहीबेरअघि रिहा भएका छन् ।
शान्तिपूर्ण रुपमा रिले अनसन बस्न गएका सेयर लगानीकर्ता दवाब समूहसँग सम्बद्ध लगानीकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई दिनभर प्रहरी कार्यालयमा राखेर साँझ रिहा गरिएको हो ।
दबाब समूहका महासचिव नयन बास्तोलाले माथिको आदेश भन्दै आफूहरुलाई प्रहरीले रिहा गरेको पुष्टि गरे ।
रिहा भएपछि बिजशालासँग कुरा गर्दै महासचिव बास्तोलाले आफूहरुले आजको दिनलाई सेयर बजारको इतिहासकै कालो दिन मानेको बताए ।
'हामीले दुःख गरेर कमाएको पैसा लगानी भएको क्षेत्र पुँजीबजारको विकास र यहाँभित्रको भद्रगोलको व्यवस्थापनका माग गर्नुपर्ने माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा अपराधीको जस्तो व्यवहार गरियो ।' उनले भने-'नेप्सेको अनलाइनमा भद्रगोल अवस्था छ । सोझा लगानीकर्ता दिनदिनै लुटिँदैछन्, योविरुद्ध आवाज उठाउनु हाम्रो गल्ती हो ?'
कुनै बेला सरकारका मन्त्रीहरुले नै सेयरबजारलाई जुवाघर भनेका उल्लेख गर्दै समूहका कुमार सिटौलाले भने-'आज साच्चै हामीलाई जुवाघरको जुवाडे नै जस्तै ठानेर प्रहरीले दमन गर्यो ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago