काठमाण्डौ । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले आफ्नो वार्षिकोत्सवमा राहत वितरण गरेको छ। 

फोरमले रुपन्देहीको कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा गएर खाद्य सामग्री तथा लत्ताकपडा सहयोग गरेको हो। 

फोरमले सेयर बजार विकास र विस्तारका लागि काम गर्दै आएकोमा वार्षिकोत्सवका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा विभिन्न संस्थालाई सहयोग गर्दै आएको छ। 

आउँदा दिन पनि सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता फोरमका अध्यक्ष कमल तिवारीले व्यक्त गरे।