काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थाहरुमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले यस्तो माग गरेका हुन्। ‘बदनियतका साथ काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही हुनुपर्छ’, उनले भने। 

लघुवित्त संस्थाहरुले अति न्यून आय भएका परिवारलाई झन गरिबीमा पुर्याएको भन्दै थापाले आक्रोश पोखे। ‘लघुवित्तकै कारणले गर्दा उठ्नै नसक्ने गरी गरिब थला परेका छन्’, उनले भने, ‘लघुवित्तका कारण मर्कामा परेकालाई राहत दिइनुपर्छ।’

सांसद थापाले एक ऋणीलाई एउटामात्र संस्थाबाट ऋण लिन पाउने प्रावधान ल्याउन पनि राष्ट्र बैंकलाई आग्रह गरे। ‘वित्तीय साक्षरतालाई स्थानीय तहसँग साझेदारीमा तल्लो तहसम्म लैजानुपर्छ’, उनले भने।