काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण अन्तत : स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले राष्ट्रपतिको भ्रमण स्थगित गरिएको हो ।

यसअघि गरिक समाजका अगुवाहरुले राष्ट्रपतिको यूरोप भ्रमण स्थगित गर्न माग गरेका  थिए ।

उनीहरुले आज एक बिज्ञप्ति जारी गरेर मुलुक कहालीलाग्दो अवस्थामा रहेको समयमा राज्यप्रमुखजस्तो महत्वपूर्ण व्यक्तिले विदेश भ्रमणमा निस्कनु कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने बताएका थिए ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति कात्तिक २२ गते त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।