काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको हैसियतले अन्तिम भेटघाट कार्यक्रममा डा. रेवतबहादुर कार्कीले आफूले गरेका सुधारका फेहरिस्त प्रस्तुत गरेका छन् । 

बोर्ड अध्यक्षको रुपमा उनको कार्यकाल केही दिनभित्र सकिँदैछ । 

उनले जाँदा जाँदै निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने मुद्धालाई उठाएका छन् । यो विषयमा नीतिगत निर्णय भइसकेकोले नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्को स्टक एक्सचेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक बजारको विकास र विस्तार गरिनुपर्ने उनको सुझाव छ । उनले यस्तो काम हुनसके आधुनिक सुविधा उपलब्ध भई दैनिक रु ५ अरबको सेयर कारोबार हुनसक्ने दाबी समेत पेश गरेका छन् ।

डा. कार्कीले प्राथमिक बजार र दोश्रो बजारको विगतको सुस्त तथा पट्यारिलो युगलाई आफ्नो नेतृत्वमा आमूल परिवर्तन भएको दाबी गर्दै सुधारका फेहरिस्त पस्किएका छन् । 

आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्ना कार्यकालको समीक्षा गर्दौ चुनौतिहरु समेत प्रस्तुत गरेका थिए।

उनले प्राथमिक बजारमा सेयर आवेदन दिनका लागि लामो लाइनमा लाग्नुपर्ने, बोराका बोरा आवेदन पर्ने, आफ्नो पैसा तथा बोनस एवम् हकप्रद लिन पनि लाइन लाग्नुपर्ने दिन अन्त गरेको प्रष्ट्याएका छन् । साथै, दोश्रो बजारमा पनि नामसारीलाई ३–४ महिनासम्म लाग्ने, क्लियरिङ्ग गर्न धेरै दिन लाग्ने इत्यादि समस्याहरु रहेका र यस्ता समस्याका कारण नियामक निकायको हैसियतले आत्माग्लानी हुने विगत कोट्याउँदै उनले भनेका छन्–‘त्यस्तो समस्या अहिले देख्नुहुन्छ ? धेरैले त बिर्सिसके ।’ 

उनले यो क्रममा २०६३ देखि ०६५ सालसम्म नेप्सेको प्रमुख हुँदा आफूले प्रथम चरणको सुधारअन्तर्गत गैर मुनाफाकारी नप्सेलाई मुनाफाकारी संस्था बनाई संचालक समितिमा ब्रोकरको सट्टा विज्ञ राख्ने, कारोबार अटोमेसन, पहिलो पटक ब्रोकर शूल्कमा ५० प्रतिशत कटौती, नेप्सेसंग व्रोकर अफिसबाट कारोवारको शुरुआत, सेन्सटिभ र फ्लोट इन्डेक्सका साथै सर्किट ब्रेकरको सुरुवात गरेको समेत स्मरण गरेका छन् । 

बोर्डमा अध्यक्षको रुपमा आएसँगै पूँजीबजारको दोस्रो चरणको सुधार, कार्ययोजना प्रस्तुत गरेअनुसार अधिकांश कार्यान्वयन भएका उनको दाबी छ । ‘मेरो नेतृत्वमा बोर्डले धेरै किसिमका सुधारका कार्यहरु गरेको छ । मेरो कार्यकालमा ५ सरकार, पाँच अर्थमन्त्रीसँग काम गर्दा पनि आर्थिक तथा वित्तीय क्षेत्रमा लामो राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव तथा विज्ञता, बैंक तथा धितोपत्र बजार संचालन साथै नियमन दुबैको अनुभव, कानुनको ज्ञान, व्यवस्थापकीय क्षमता, सुधारमा प्रतिवद्धता, लगनशिलता र इमान्दारिताको साथै बोर्ड टिमको कारणले सफल भएको भन्ने लाग्छ ।’ उनले थपेका छन्–‘मैले वहाली गर्दाको अवस्था र अहिलेको उपलब्धि हेर्दा गर्व पनि लाग्छ ।’

डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणाली र अटोमेशनले गर्दा धितोपत्रबजार पारदर्शी र आधुनिक भई नेपाल दक्षिण एशियामा अग्रपंक्तिमध्येमा आएको समेत कार्कीको दाबी छ । 

आइपिओदेखि लिष्टिङ ट्रेडिङसम्म छ महिनाबाट एक महिनामा हुने र आइपिओ बाँडफाट तीन महिनाबाट एक हप्तामा हुने व्यवस्थाले समय र लगानी लागत उल्लेख्य घटेको उनले बताएका छन् । 

आफ्नै डिम्याट खाता र बैंक खातामा शेयर तथा रकम स्वतः जम्मा हुने व्यवस्था, प्राथमिक बजारमा १० कित्तासम्म आवेदन दिन पाउने, साथै आवेदकले न्यूनतम १० कित्ता पाउने व्यवस्थाले आस्वामार्फत स्थानीय निकायसहित ७७ जिल्लामा पहँुच, दोस्रो बजार सबै प्रदेशसहित प्रमुख आर्थिक केन्द्रहरुमा विस्तार, लगानीकर्ताको संरचना समावेशी रुपमा वृद्धि, धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइस्कोको सदस्यतामार्फत अन्तराष्ट्रिय मान्यताप्राप्तसहित बोर्डको संस्थागत क्षमता अभिवृिद्धलाई उनले आफ्नो उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् । 

उनले पत्रकार सम्मेलनमा आफ्नो नेतृत्वमा भएका सुधारका कार्यहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । जुन यसप्रकार छः
१. प्राथमिक बजार सुधार तथा विकास

क) डिम्याट खाता अनिवार्य गरी आस्वा प्रणालीपश्चात घन्टौ लाईन वस्नुपर्ने, सिमित स्थानवाटमात्र दरखास्त दिन सक्ने, लामो समयसम्म आफ्नो रकम होल्ड हुने तथा पूरा व्याज नपाउने जस्ता समस्याहरुको समाधान ।

ख) ५० को सट्टा १० कित्तासम्म आवेदन दिन पाउने, साथै न्यूनतम १० कित्ता पाउने व्यवस्थामार्फत वजार समावेशी भएको

ग) एफपिओको मूल्य निर्धारणका मापदण्ड तय तथा एकचोटी एफपिओ निश्काशन गरेपछि पाँच वर्षसम्म निष्काशन गर्न नपाउने व्यवस्था ।

घ) अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने इत्यादि ।

२. दोस्रो वजार सुधार तथा विकास

क) २०६४ सालको कारोवार अटोमेशनपछि २०७२ माघदेखि नामसारी राफसाफ अटोमेशनको शुरुआत गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरिएको साथै हालै अनलाईन कारोबारको शुरुवात ।

ख) धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको ।

ग) लगानीकर्ताले मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था,

घ) एक मात्र क्लियरीङ्ग बैंकको सट्टा तीन क्लियरीङ्ग बैंक थप गर्ने व्यवस्था ।

ङ) दोस्रोवजार विस्तार

झ) विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यकावाहिरको प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था  ।

३. लगानीकर्ताका प्रत्यक्ष समस्या समाधानः सूचिकृत कम्पनीहरुले प्रदान गर्ने हकप्रद तथा बोनस शेयर तथा नगद लाभांशसहितको रकम लगानीकर्ताका आफ्नैे डिम्याट खाता र वैक खातामा स्वतः जम्मा हुने व्यवस्था इत्यादि । 

४. ब्रोकर र मर्चेन्ट बैंकिङ्ग सेवा/क्षेत्र विस्तार सुदृढीकरणः

क) मर्चेन्ट वैंकरको पूजीवृद्धिसहित संस्थागत परामर्शको सेवाको कार्यक्षेत्र थप र सेवासुदृढसहित काडमाडौवाहिर शाखा विस्तार ।

ख) धितोपत्र व्यवसायीको पूजीवृद्धिसहित कार्यक्षेत्र (मार्जिन कारोवार) वृद्धि, सेवा र शाखापूर्वाधार सुदृढ र शाखा विस्तारको व्यवस्था  ।

५. बोर्डको संस्थागत क्षमता अभिवृद्धिः बोर्ड अध्यक्ष एवं कर्मचारी र संचालकमा आचारसंहिता लागू, वोर्डमा दक्ष जनशक्ति तीन गुणा थप गर्नुका साथै संस्थागत नियमनकारी र सुपरीवेक्षकीय क्षमता अभिवृद्धि गरिएको  ।

६. नयाँ वित्तीय उपकरण/सेवाको व्यवस्थाः

क) खुलामुखी सामूहिक लगानी योजना संचालन गर्ने व्यवस्था ।

ख) भेन्चर क्यापिटल, पा्रइभेट इक्युटी र हेज फण्डको संचालन गर्न विशिष्टिकृत लगानी कोषको व्यवस्था । ग) व्रोकरवाट मार्जिन कारोवार हुने व्यवस्था ।

७. कानुनी संरचनाको विकास तथा सुदृढीकरणको साथै आर्थिक जरिवनासहितको कानूनी कारवाहीः 
क) धितोपत्र दर्ता तथा निष्काशन नियमावली, धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, विशिष्टिकृत लगानी कोष नियमावली, वस्तु विनिमय वजार ऐन र नियमावली वनाई लागु गरिएको ।
ख) साथै रु१० लाखसम्मको विभिन्न किसिमको आर्थिक जरिवनासहितको धितोपत्र व्रोकर व्यवसायीहरु, कोष व्यवस्थापक र डिपीहरुलाई कानूनी कारवाही गरिएको  । 

८. बास्तविक क्षेत्रका कम्पनीलाई धितोपत्र बजारमा ल्याउने प्रोत्साहमूलक प्याकेज र सूचिकृत कम्पनमिा सुशासन निर्देशिका लागूः 
क) धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहन गर्न न्यूनतम दश प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने, प्रिपियममा यस्तो निश्काशन गर्न पाउने साथै सरकारवाट १५–२५ प्रतिशतसम्म आयकर छुट सहितको प्याकेज प्रोग्रामको व्यवस्था गरिएको 
ख) सूचिकृत कम्पनीमा सुशासन निर्देशिका वनाई आव २०७५।७६ देखि लागू ।

९. बोर्डलाई अन्तराष्ट्रिय मान्यता
वोर्ड सन २०१७ मा धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आइस्कोको सदस्यताको साथै सन २०१९मा OECD INFE को  नेपालको तर्फबाट पूर्ण सदस्यतासमेत प्राप्त भई यसरी बोर्डले अन्तराष्ट्रिय मान्यता पाएको । साथै वित्तीय साक्षरता सम्बन्धी पहिलो OECD SEBON   अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना । 

१०.अन्य सुधार र विकास  
क) ओटिसीबजार कारोवार शुल्कमा ९० प्रतिशतसम्म कटौती गरी ओटिसी बजारलाइ सक्रिय/प्रभावकारी वनाइएको । 
ख) धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सम्वन्धित निक्षेप सदस्य (डिपी) वाट हुने व्यवस्था, 
ग) वित्तीय साक्षरता अभिवृिद्ध गर्न धितोपत्र बजारसम्बन्धी रेडियो नेपालसंग पाक्षिक कायक्रम र  लगानीकर्तासंग पाक्षिक प्रत्यक्ष संवाद रेडियो कायक्रम कातिपुर रेडियोसंग हुने व्यवस्थाको साथै वोर्डमा पाक्षीक निशूल्क लागानीकता प्रशिक्षण समेत संचालन सहितका विभिन्न कार्यक्रमका व्यवस्था । 
घ) बोर्डको सिफारिसमा सरकारबाट बजारमा भ्याट नलाग्ने व्यवस्था 
ङ) धितोपत्र व्यवसायीहरुको काम कारवाहीको अनुगमन तथा सुपरिवेक्षण गर्न सुपरिवेक्षण म्यानुअल तयारी गरी यसलाई सुदृढ गरिएको इत्यादि ।

पाइपलाइन/कार्यान्वयनको क्रममा रहेका कार्यहरु  
क) अन्तिम चरणमा रहेको वैकको सहायक कम्पनीलाई व्रोकर लाइसेन्स दिई प्रतिस्पधात्मक सेवा प्रदान गर्ने । 
ख) प्रशिक्षण प्रतिष्ठान  र प्रादेशिक  कार्यालयको स्थापना । 
ग) अर्थतन्त्रको आकार र वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय भएअनुसार अनुमति प्रदान गरी यस्तोवजार संचालन गराउने । 
घ) बोर्डको सुधारका लागि धितोपत्र सम्बन्धी ऐन संसोधनको प्रस्ताव अर्थमन्त्रालयमार्फत संसदमा प्रस्तुत । 
ङ) यसका अलवा धितोपत्र व्यवसायी (व्रोकर र मचैण्ट वैकिग) नियमावली, धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर), नियमावली,  सामूहिक लगानी कोष नियमावली,  क्रेडिट रेटिङ्ग नियमावली, धितोपत्र दर्ता निष्काशन नियमावली आदिमा महोत्वपूर्ण संशोधन गरी प्रस्तावित संशोधन नेपाल सरकार अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको । मुख्यतः ब्रोकरलाई डिलरसिप र एड्भाईजरी सेवा प्रदान गर्नेका साथै धितोपत्र व्यावसायी गाभिने/प्राप्ति हुने, सबै नियमन संस्थामा स्वार्थ बाझिन नहुने, राईट शेयर दोव्वर भर्न पाउने, सार्वजनिक निष्काशनमा बुक विल्डङ्ग विधि अपनाउने, स्थानीयले पाउने शेयरको लकईन पिरियड घटाउने, लाईफ ईन्सुरेन्स कम्पनीले म्युचुअल फण्ड संचालन गर्न पाउने इत्यादि व्यवस्था गरिएको छ । साथै भित्री कारोबार निषेध नियमावली बोर्डबाट अर्थमन्त्रालय स्वीकृतिका लागि पठाउने क्रममा रहेको ।

चुनौतिहरुः
क) अर्थतन्त्र र पुँजी बजारको आवश्यकता र विकास सम्बोधन गर्न निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने  नीतिगत निर्णय भइसकको परिप्रेक्ष्यमामा नेप्सेको कर्पोरेट निजीकरण सुधारको साथै आधुनिक अर्को स्टक एक्सचेञ्ज स्थापना गरी प्रतिस्पर्धात्मक, स्वस्थ र आधुनिक बजारको विकास र विस्तार गर्ने, जसबाट आधुनिक सुविधा उपलव्ध भई दैनिक रु ५ अरवको कारोबार हुनसक्ने ।

ख)ऋणपत्र बजारलाई आधुनिक र सक्रिय बनाउने 
ग) अन्तराष्ट्रिय स्तरको धितोपत्र कारोवारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाई गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउने र 
घ) नियमन निकायसहित वजारसहभागहिरुको क्षमता अधिवृद्धि गरी नेपालको धितोपत्र वजारलाई अन्र्तराष्ट्रिय रुपमा स्तरोन्नति गराउने