काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ। आज कारोबार रकम पनि बढेर पौने ८ अर्ब रुपैयाँ बढीको भएको छ।
नेप्से आज ३१.८७ अंकले बढेर २३७४.६४ को उचाइमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ४४५.५९ को विन्दुमा उक्लिएको छ।
बजार बुलिस ट्रेन्डमा रहेकोले साताको पहिलो र अन्तिम दिन परिसूचक जहिले पनि सकारात्मक रहने बजार विश्लेषकहरु बताउँछन्। सोहीअनुसार आज अन्तिम दिन बजार हराभरा उनीहरुको ठहर छ।
अहिले बजारमा पुरानासँगै नयाँ लगानीकर्ताहरु सक्रिय रुपमा कारोबार गरिरहेकोले पनि बढाईमा टेवा पुगेको बजार विश्लेषक प्रकाश न्यौपाने बताउँछन् । बैंक ब्याजदर घट्नु र अहिले अर्थमन्त्री बजारप्रति सकारात्मक देखिनुले पनि लगानीकर्ताहरु मनोबल बढ्दै गएको बजार लय लिएको उनको भनाइ छ। ‘कोरोनाको नयाँ प्रकाश फैलिहाल्छ कि भन्ने डरले अन्य क्षेत्रमा लगानी बढेको छैन, यो बेला लगानीकर्ताहरुले सेयर बजारमा पैसा खन्याउँदा सुरक्षित हुन्छ भन्ने ठानेका छन्’, उनले भने, ‘यही कारणले पनि सेयर बजारमा ठूलो रकम भित्रिरहेको छ, यही कारणले सेयर कारोबार बढिरहेको छ।’
आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा बढी ५४०.२३ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ४४३.४३ अंकले बढेको आज लघुवित्त समूहमा १५४.१६ अंक, व्यापार समूहमा २.४७ अंक, होटेल्स् समूहमा १३.६२ अंक, विकास बैंक समूहमा ३१.३८ अंक, जलविद्युत् समूहमा ६८.२९ अंक, वित्त समूहमा ३१.९८ अंक, उत्पादन तथा प्रशोधन समूहमा २६.१३ अंक र अन्य समूहमा १७.४८ अंक बढोत्तरी आएको छ।
आज बैंकिङ समूह ३.८३ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले घटेका छन्।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँमा कारोबार भएका छन्।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५३ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेको इन्सुरेन्सको २६ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको आज नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख रुपैयाँ, प्रभु बैंकको २१ करोड ४३ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड ३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ६८ लाख रुपैयाँ र नबिल बैंकको ११ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २१ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा स्वाभिमान लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, महिला सहयात्रा लघुवित्त, ग्रिन विकास बैंक, आशा लघुवित्त, गुराँस लघुवित्त, सूर्योदय लघुवित्त, इन्फिनिटी लघुवित्त, युनाइटेड इन्स्योरेन्स, सारथि नेपाल लघुवित्त, युनाइटेड इदी मर्दी, प्रभु इन्स्योरेन्स, अरुण काबेली, गोखार्ज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, माउन्टेन इनर्जी, श्री इन्भेस्टमेन्ट, सबैको लघुवित्त र हिमालयन ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। आज कर्णाली डेभलपमेन्ट बैंक र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेका छन्।
यो दिन नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago