काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासको गरेको आईपीओमा आवेदन दिने आज जेठ २४ गते अन्तिम दिन रहेको छ।
गत जेठ १० गतेदेखि यो कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभाका स्थानीयलाई १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय र अपर हेवाखोला कम्पनीको काठमाण्डौको अनामनगरस्थित कार्यालयबाट आवेदन दिन सकिन्छ। प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यसैगरी लगानीकर्ताले ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19