काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

एक समारोहका बीच निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडले आइपीओ बाँडफाँड गरेको हो । 

यो कम्पनीले सर्वसाधारण, म्युचुअल फण्ड र आफ्ना कर्मचारीलाई समेत गरी कुल १५ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको थियो ।

कुल १५ लाखमध्ये सर्वसाधारणका लागि १३ लाख ९५ हजार कित्ता सेयर छुट्याइएको थियो भने म्युचुअल फण्डहरुका लागि ७५ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । 

सर्वसाधारणका लागि असार २४ गतेदेखि आइपीओ निश्कासन गरिएको थियो । असार २९ गतेसम्म आवेदन दिने समय थियो । आइपीओको प्रिअलटमेन्ट असार ३१ गते गरिएको थियो । 

कुल १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताका लागि आवेदन दिएका थिए । 

परेकामध्ये २ हजार ८११ आवेदन रद्ध भएका थिए । 

कुल सदर आवेदक १४ लाख ५२ हजार ५७३ मध्ये १ लाख ३९ हजार ५०० जनाले १० कित्ताको दरले सेयर पाएका छन् । 

यसरी यो आइपीओका लागि आवेदन दिएकामध्ये १३ लाख बढीको हात रित्तो भएको छ ।