काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार (आरटीएस) मा एनएमबि क्यापिटल नियुक्त भएको छ। 

अपर हेवाखोलाको सञ्चालक समितिको निर्णयबमोजिम एनएमबि क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।

अब एनएमबि क्यापिटलले अपर हेवाखोलाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्कालगायत सेयरवालाहरुको लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य गर्नेछ।