काठमाण्डौ । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अपर स्याङ्गेलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ। 

यो कम्पनीले करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। 

यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३९.५५ प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २२ करोड रुपैयाँ पुग्नेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे हाइड्रोपावरको मुख्य उद्देश्य नै अपर स्याङ्गे खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गर्नु रहेको र भविष्यमा अन्य साना आयोजना समेत निर्माण गर्दै लैजाने योजना रहेको छ। 

यो आयोजना लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ स्थित तघ्रिन गाउँ क्षेत्रमा रहेको छ। यो रन अफ रिभरमा आधारित आयोजना हो।