काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले आज(भदौ १८)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर खरीदका लागि आगामी असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले हकप्रद सेयर बिक्रीबाट १० अर्ब ५९ करोड रुपैयाँ उठाउन खोजेको हो । जसअनुसार १०० रुपैयाँ दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीका लागि निश्कासन गरिएको हो । 

हकप्रद निश्कासनपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोडको उचाईमा पुग्नेछ । 

यो कम्पनीले हकप्रद सेयर निश्कासन प्रयोजनका लागि गत साउन २६ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ साउन २५ गतेसम्म यो कम्पनीको सेयरधनी कायम भएकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् । 

हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमीटेड रहेको छ ।