काठमाण्डौ । बोनस र हकप्रद सेयरका लागि अपी पावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ प्रतिशत बोनस सेयर र ४६.७६५ प्रतिशत हकप्रद सेयरका लागि हिजो शनिबार अपी पावरको शेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ११४.५० रुपैयाँ कायम भएको छ। 

कम्पनीले यही चैत ७ गते १६ औँ वार्षिक साधारणसभा डाकेको छ। चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने बोनस सेयर र १ः०.४६७ प्रतिशतले हुन आउने हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव अनुमोदन गर्नेछ।