काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले निश्कासन गरेको १ः०.४० अनुपातको हकप्रद सेयरमा सेयरधनीले आवेदन दिने भोलि(मंगलबार) अन्तिम दिन हो । 

यो कम्पनीले बुक क्लोज गर्नुभन्दा अघिल्लो दिनसम्म(असार २१ गतेसम्म) कायम सेयरधनीले हकप्रद भर्न पाउँछन् । यदि कोही छुट्नु भएको छ भने भोलिसम्म त्यसका लागि आवेदन दिने समय उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

हकप्रदका लागि आवेदन साउन ३१ गते खुल्ला गरिएको थियो । आवेदन बन्द भोलि अर्थात भदौ १९ गते हुँदैछ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्न लागेको हो । हाल ४ अर्ब १३ करोड रुपैयाँ रहेको यो कम्पनीको चुक्तापूँजी हकप्रदपछि बढेर ५ अर्ब ७८ करोड पुग्नेछ। 

कम्पनीको हकप्रद सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेड रहेको छ ।