काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको करिब साढे १३ लाख कित्ता सेयर लिलामीमा राखिने भएको छ।
कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेको हकप्रद बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमा राखिने भएको हो।
कम्पनीले १ः०.४७ अनुपातमा हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ६५ लाख ७० हजार कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गरेको थियो। तर मंसिर ४ गतेसम्म ४३ लाख २३ हजार ७८२ कित्ताका लागि मात्र खरिद आवेदन पर्यो । जसका कारण बाँकी रहेका १३ लाख ४६ हजार २१८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्नुपर्ने भएको हो।
यो हकप्रदको बाँडफाँड गत मंसिर २१ गते गरिएको थियो।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19