जनकपुरधाम। जनकपुर उपमहानगरपालिकाका १५ सय सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन छन् । एकीकृत शहरी विकास आयोजनाले सडक विस्तार र नाला निर्माणको काम गर्दा अप्टिकल फाइवरमा क्षति पुर्याएपछि जनकपुरमा दुर्इ महिनादेखि संचारमा अवरोध आएको हो।
सञ्चारविहीन हुनेमा राजस्व कार्यालय, परिवार नियोजन संघलगायतका सरकारी र गैरसरकारी कार्यालयसमेत रहेका छन् । नेपाल टेलिकम कार्यालय जनकपुरले आयोजनाद्वारा समन्वय गरी निर्माण कार्य गर्दा अप्टिकल र टेलिफोनका तारमा क्षति पुगेको जनाएको छ। टेलिकमले क्षति पुगेका फाइवर मर्मतबारे कुनै सूचना नदिएकाले बन्द भएको टेलिफोन कहिलेदेखि सुचारु हुने बारे अन्योल उत्पन्न भएको छ।
यसैबीच टेलिकमका कर्मचारी र कार्यालय प्रमुखबीच मर्मतका बारेमा विवादसमेत उत्पन्न भएको छ । कार्यालय प्रमुखले प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, सुरक्षा निकाय र केही सरकारी कार्यालयको टेलिफोन मर्मत गराएको तर सर्वसाधारणलार्इ भने विभेद गरेको आरोप कर्मचारीले लगाएका छन्। मर्मत नभएपछि कर्मचारीहरुका सङ्घ र युनियनले कारबाहीको माग गरेको एक महिना बितिसके पनि मर्मतको लागि पहल भएको छैन ।
प्रा. डा. भोगेन्द्र झाले प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंलाई यस सम्बन्धमा ध्यानाकर्षण गराउँदा टेलिफोन मर्मतबारे कुरा नगर्न भनेको गुनासो गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago