काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् ।
बजेट सीमित र अनावश्यक ठाउँमा धेरै बजेट खर्च भएको अवस्थामा आफू अर्थमन्त्री भएर आएको प्रसंग जोड्दै भने, ‘समर्पण र इमान्दारका साथ आफूले काम गर्ने कोशिस गरिरहेको छु ।’
नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षामा गरेको लगानी कसैले खोस्न नसक्ने बताए ।
उनले अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुन सक्ने, बाढी पहिरोले बगाउन सक्ने तर शिक्षामा लगानी कसैले खोस्न नसक्ने बताए ।
प्रविधिको विकाससँगै आफूलाई अगाडि सार्नुपर्ने बताउँदै उनले भने, ‘शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्दछु,राजधानी काठमाण्डौ नजिक भएर पनि नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाण्डौतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19