काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले रु. ३३ करोड बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। आईपीओ निष्कासनको माग गर्दै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले रु. १०० अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ हुनेछ।

कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।